दफा ३
हडताल निषेध गर्ने नेपाल सरकारको अधिकार :
१) सार्वजनिक हितको लागि आवश्यक एवं उचित लागेमा श्री ५ को सरकारले नेपाल राजपत्रमा प्रकाशित आदेशद्वारा सोही आदेशमा तोकिएको कुनै आवश्यक सेवामा हडताल निषेध गर्न सक्नेछ ।
(२) उपदफा (१) अन्तर्गत निकालिएको प्रत्येक आदेश ६ महिनासम्म लागु रहनेछ ।
(३) उपदफा (१) अन्तर्गत नेपाल सरकारले कुनै आदेश निकालेपछि–
(१) सो आदेशमा तोकिएको कुनै आवश्यक सेवामा काम लगाई राखेकोकुनै व्यक्तिले हडताल गर्न वात्यसमा भाग लिन वा भाग लिई राख्नन पाउने छैन ।
(२) त्यस्ता सेवामा लगाई राखिएका व्यक्तिहरुले त्यस्तो आदेश निस्कनु भन्दा अघि वा पछि गरेको हडताल वा गर्छु भनी घोषणा गरेको हडताल अवैध मानिनेछ ।